काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट:१४ जना घाइते

  • नेपाल राष्ट्रिय दैनिक
  • February 6, 2025
sandar momo gas blast

काठमाडौँ- काठमाडौंको कमलपोखरी स्थित सानदार म:म पसलमा ग्याँस सिलिण्डर विष्फोट भएको छ ।

आज बिहान पौने ९ बजे भएको उक्त विष्फोटमा परि १४ जना घाइते भएका छन् । घाइते मध्ये ११ जनालाई अस्पताल लगिएको छ भने तीन जना सामान्य छन् ।

घाइतेमध्ये एक जना उदयपुरका २४ वर्षीय संजोग मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये पाँच जनालाई कीर्तिपुरको बर्न अस्पतालमा लगिएको छ ।

सिलिण्डर विष्फोटपछि घरको सिलिङ भत्किएर खसेको छ । त्यहाँ प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ । घटनास्थलमा नेपाल प्रहरीको विपद् व्यवस्थान टोली र मालीगाउँ प्रहरीको टोली खटिएको छ ।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५