दुई लघुवित्त कम्पनिको आईपीओ जारि हुँदै

  • नेपाल राष्ट्रिय दैनिक
  • July 24, 2022
ipo

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले यहि श्रावण १८ गतेदेखि ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ जारि गर्नेभएको छ।

लघुवित्तले छिटोमा श्रावन २२ गते र ढिलोमा भाद्र १ गतेसम्म आवेदन दिन मिल्ने गरि कुल शेयरको ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षितगरेको छ भने बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन।

डबल बी माइनस रेटिङ्ग रहेको लघुवित्तको शेयर बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन भने १५ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको चुक्ता पूँजी आईपीओ बाँडफाँट पश्चात २५ करोड रुपैयाँ पुग्नेछ।
धौलागिरी लघुवित्त
त्यसैगरी,धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि यहि श्रावण २४ गतेदेखि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य रहनेगरि ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ जारी गर्नेभएको छ।

लघुवित्तले निष्काशन गर्न लागेको कुल ३ लाख ३१ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्टयाइएको छ भने बाँकी ३ लाख ८ हजार २९५ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

उक्त लघुवित्तको शेयरमा न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि छिटोमा श्रावण २९ गते र ढिलोमा भाद्र ७ गतेसम्म आवेदन दिन सकिनेछ।बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेड रहेको लघुवित्तको बी माइनस रेटिङ्ग रहेको छ। लघुवित्तको हालको चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ भने आईपीओ बाँडफाँटपश्चात चुक्ता पूँजी १० करोड ३१ लाख रुपैयाँ पुग्नेछ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५