डेंगीबाट १० जनाको मृत्यु: संक्रमितको संख्या १४ हजार माथी

  • नेपाल राष्ट्रिय दैनिक
  • August 17, 2023
dengue mosquito

काठमाडौँ- देशभर डेंगी संक्रमितको संख्या बढ्दै गएको बेला डेंगी लागेर मृत्यु हुनेको संख्या भने १० पुगेको छ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपलब्ध गराएको तथ्यांक अनुसार मुगु र हुम्ला बाहेक डेंगीको प्रभाव ७५ जिल्लामा देखिएको छ भने संक्रमितको संख्या १४ हजार ३५७ पुगेको छ ।

डेंगीबाट सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ, जहाँ संक्रमितको संख्या ७ हजार ४९५ रहेको छ ।प्रादेशिक तथ्यांक अनुसार संक्रमितको संख्या सबैभन्दा धेरै कोशी प्रदेशमा, १० हजार ८१३रहेको छ भने वाग्मती प्रदेशमा २ हजार ९, गण्डकी प्रदेशमा ६०३ र सुदूरपश्चिम प्रदेशमा ४५१ जना, लुम्बिनी प्रदेशमा ३०७, मधेश प्रदेशमा १३५ र कर्णाली प्रदेशमा ३९ जना रहेका छन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५