माओवादीका बागी उमेद्वारसहित तिनका प्रस्तावक र समर्थकलाई कारवाही

  • नेपाल राष्ट्रिय दैनिक
  • October 17, 2022
Maoist Center Party Office Perisdada

माओवादी केन्द्रले मंसिर ४ गतेको निर्वाचनमा बागी उमेद्वारी दिएका पार्टीका सदस्य र तिनका समर्थक र प्रस्तावकलाई सम्पूर्ण जिम्मेवारी सहित पार्टीबाट निष्काशन गरि कारवाही गरेको छ।

माओवादी केन्द्रका मुख्य सचिव श्रीराम ढकालले विज्ञप्ति जारि गर्दै,गठबन्धनका आधिकारीक उम्मेदवार विरुद्द माओवादी केन्द्रको तर्फबाट उमेद्वारी दिएका सम्पूर्ण बागी उमेद्वार सहित तिनका समर्थक र प्रस्तावकलाई पार्टीको सम्पूर्ण जिम्मेवारी सहित पार्टीबाट निष्काशन गरेर कारवाही गरिएको जानकारी दिएका छन्।

तोकिएको मिति र समयभित्र उम्मेद्वारी फिर्ता नलिएका बागी उम्मेद्वार, तिनका प्रस्तावक र समर्थकलाई सम्पूर्ण जिम्मेवारीसहित पार्टीबाट निस्कासनको कारवाही गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

maowadi karbahi
Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५