नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल र भरतपुरको मेयरका उम्मेदवार जगन्नाथ पौडेलबीच भेटवार्ता

  • नेपाल राष्ट्रिय दैनिक
  • May 5, 2022
ramchandra paudel jagannath paudel 1024x678 1

आज भरतपुर चितवनमा हुने भनिएको सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न पुगेका काँग्रेस नेता रामचन्द्र पौडेल र भरतपुर चितवनका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलबीच भेटवार्ता भएको छ।
आज भएको भेटमा पनि जगन्नाथ पौडेलले आफ्नो उम्मेद्वारी फिर्ता नगर्ने र गठबन्धनका उम्मेदवारलाई समर्थन गर्न नसकिने आफ्नो अडान कायमै राख्नु भएको पौडेलका स्वकीय सचिव नविन बरालले जानकारी दिनुभएको छ।
रामचन्द्र पौडेलले भेट्न खोज्नु भएको कारण आफुहरु उहाँलाई भेट्न गएको तर उम्मेद्वारीबाट पछि नहट्ने पौडेलको अडान यथावत नै रहेको पनि उहाँले बताउनुभयो।
नेता रामचन्द्र पौडेललाई भेट्न उम्मेदवार जगन्नाथ पौडेल सहित उहाँको प्रस्तावक काँग्रेस चितवनका पुर्व सभापति कृष्णलाल सापकोटा र समर्थक मिना खरेल पनि साथै पुग्नुभएको र सबैले उम्मेद्वारी फिर्ता नहुने कुरामा अडान राख्नुभएको बरालले जानकारी दिनुभयो।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५