चिकित्सा शिक्षा र समग्र स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै अनसन बस्नुभएका डा. गोविन्द केसी उपचारको लागि आज त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ।
७ बुँदे माग राख्दै धनगढीको कृष्णमन्दिर धर्मशालामा आमरण अनसन सुरु गर्नुभएको डा. केसीको स्वास्थमा गम्भिर समस्या देखिएपछि, डा. केसी उपचाररत रहनुभएको सेती प्रादेशिक अस्पतालले, उहाँको स्वास्थ्यमा थप जटिल समस्या देखिएको भन्दै उपचारको लागी विशिष्टिकृत अस्पतालमा स्थानान्तरणका लागि पहल गर्न आग्रह गरेको थियो।
सरकारले नेपाली सेनाको हेलिकप्टरमा उद्धार गरेर काठमाडौं ल्याउन खोज्दा अस्वीकार गर्नुभएको डा. केसी आज अनशनको १० औं दिन आफ्नै खर्चमा काठमाडौँ आउनुभएको हो। अस्पताल भर्ना भए पनि आफ्नो अनशन जारी रहने डा. केसीले बताउनुभएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्