अमेरिकालाई एसपीपी अस्वीकारको पत्र पठाउन र  श्वेतपत्र जारी गर्न प्रधानमन्त्रीलाई सुझाव

  • नेपाल राष्ट्रिय दैनिक
  • June 19, 2022
NC Sher Bahadur Deuba

अमेरिकी सैन्य योजना स्टेट पार्टनरसिप प्रोगाम (एसपिपी)बारे स्पष्ट संदेश दिनको लागि एसपिपी अस्वीकारको पत्र अमेरिकालाई पठाउन र श्वेतपत्र जारी गर्न सत्तारुढ दल माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुले  प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन्। 

जनतामा गलत सन्देश प्रवाह भैरहेको भन्दै   विकसित घटनाक्रमहरुलाई सम्बोधन गर्ने गरि अमेरिका भ्रमणमा जानुपूर्व नै प्रधानमन्त्रीले  एसपिपी अस्वीकारको पत्र अमेरिकालाई पठाउनुपर्ने  र श्वेतपत्र जारी गर्नुपर्ने सत्तारुढ दलकाशिर्ष  नेताहरुले बताएका छन्। 

यता,एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने विकसित घटनाक्रमहरुबारे  छलफल गरेर जनतामाझ सत्य–तथ्य प्रस्तुत गरिने बताउनुभएको छ। 

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५