बुल्गेरियाले ७० रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने:अमेरिकी राष्ट्रपति बाइडेनकि श्रीमती र छोरी रुस प्रवेशमा प्रतिबन्ध

  • नेपाल राष्ट्रिय दैनिक
  • June 28, 2022
kiril petkov pm bulgaria

बुल्गेरियाले ७० रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने

बुल्गेरियाले ७० रूसी कूटनीतिक कर्मचारीहरूलाई देश निकाला गर्ने भएको छ। बाल्कन राष्ट्रबाट एकै पटकमा यति धेरै संख्यामा कूटनीतिक कर्मचारीहरूलाई देश निकाला गर्न लागिएको यो नै पहिलो घटना हुनेछ।

हाम्रा कुटनीतिक नियोगहरुले उनीहरूलाई हाम्रो हित विरुद्ध काम गर्ने व्यक्तिको रूपमा पहिचान गरेकोले उनीहरुलाई देश निकाला गर्न लागिएको प्रधानमन्त्री किरिल पेटकोभले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन्।

यता रुसले पनि अमेरिकी राष्ट्रपति बाइडेनकि श्रीमती जिल र छोरी याश्लीलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको छ।
यस भन्दा अघि रुसले अमेरिकी राष्ट्रपति बाइडेन, राज्य सचिव एन्टोनी ब्लिन्केन लगायत सयौं अमेरिकी कुटनीतिज्ञहरुलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको थियो।

Share :
usaid

अदालतद्वारा ‘युएसएआईडी’का कर्मचारीहरूलाई बिदामा राख्ने ट्रम्पको योजना खारेज

अन्तिम समयमा आएको अदालती आदेशले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी युएसएआईडी २,२०० कामदारहरूलाई तलबी बिदामा राख्नबाट अस्थायी रूपमा रोक लगाएका। न्यायाधीश कार्ल निकोल्सले एजेन्सीलाई बचाउन खोज्ने दुई युनियनहरूले दायर गरेको अन्तिम मिनेटको मुद्दाको जवाफमा अन्तरिम आदेश जारी गर्दै ट्रम्पको योजना खारेज गरिदिएका छन्। उक्त अन्तरिम आदेश एक हप्ताको लागि, फेब्रुअरी १४ मध्यरातसम्म लागू रहनेछ। ट्रम्पले विदेशी सहायता एजेन्सी,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५