जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

  • नेपाल राष्ट्रिय दैनिक
  • १९ माघ २०८१, शनिबार ०७:५६
jasapa nepal

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज बिहान ११ बजेदेखि बस्दैछ ।

आइतबारसम्म चल्ने उक्त बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘जनतासँग जसपा नेपाल अभियान’, आधारभूत सङ्गठन निर्माण अभियान, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजना लगायतका एजेन्डामा छलफल गर्ने बताएको छ।

उक्त बैठकमा पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवारी र कार्यक्षेत्र अन्तर्गत भए गरेका कार्य प्रगति विवरणको लिखित प्रतिवेदनसहित पेश गर्न र अनिवार्य उपस्थित हुन जसपा नेपालले निर्देशन दिएको छ ।

Share :
Bishnu Pradas Paudel

प्रचण्डले कि प्रधानमन्त्री लक्षीत आरोप पुष्टि गर्नुपर्छ कि माफी माग्नुपर्छ: उपप्रधान एवं अर्थमन्त्री

काठमाडौँ- प्रतिनिधि सभाको बैठकमा बोल्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले, पुष्पकमल दाहाल प्रचण्डले कि प्रधानमन्त्री लक्षीत आरोप पुष्टि गर्नुपर्छ कि माफी माग्नुपर्छ भन्ने अभिव्यक्ति दिएका छन्। सरकारलाई विचौलिया र भूमाफिया भनेको भन्दै, सायद प्रचण्ड आफुले शासन गर्दा जे- जसो गर्नुभयो जसको प्राभावमा शासन गर्नुभयो त्यसैलाई सम्झिएर र आधारित भएर बोल्नुभएको हो कि भन्ने लागेको पनि पौडेलले बताएका छन्। आरोप लगाउनेले[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५