प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने सरकारको निर्णयबारे अमेरिकालाई पत्राचार किन नगरेको भन्दै परराष्ट्र मन्त्रालयसँग जवाफ मागेको छ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज बसेको बैठकले एसपीपीमा सहभागी नहुने सरकारको निर्णयबारे अमेरिकालाई पत्र किन नपठाएको भनी प्रश्न गरेको छ। समितिको आज बसेको बैठकले अमेरिकालाई पत्राचार नगर्नुको कारण माग गर्दै परराष्ट्र र रक्षा मन्त्रालयलाई पत्र लेख्ने निर्णय गरेको जानकारी दिएको छ। साथै, समितिले एसपीपीबारे आदान प्रदान भएका सबै दस्तावेजहरु उपलब्ध गराउन पनि रक्षा मन्त्रालयसँग माग गरेको छ ।
गृह मन्त्रालयले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने सरकारको निर्णयबारे अमेरिकालाई पत्राचार गर्न मन्त्रिपरिषदको निर्णय परराष्ट्र मन्त्रालयमा पठाइसकेको छ । तर सरकारले परराष्ट्र मन्त्रालय मार्फत अमेरिकालाई पत्राचार गर्ने बताएको लामो समय बितिसक्दा पनि परराष्ट्र मन्त्रालयले भने अहिलेसम्म अमेरिकालाई कुनै पनि पत्र पठाएको छैन।
आफ्नो प्रतिक्रिया दिनुहोस्