साफ च्याम्पियनसिप जुलाईमा हुने

  • नेपाल राष्ट्रिय दैनिक
  • २५ पुष २०८१, बिहीबार ०७:२४
saff championship

काठमाडौं – दक्षिण एसियाली फुटबल महासंघ (साफ) कार्यसमितिको बुधबार काठमाडौंमा बसेको बैठकले साफ च्याम्पियनसिप २०२५ जुलाई १५ देखि २५ सम्म गर्ने निर्णय गरेको छ ।

साफ कार्यसमिति बैठकले साफ प्रतियोगिताहरुको मार्केटिङ राइट्स कमर्सयल पार्टनर स्पोर्टफाइभलाई दिने स्वीकृत गर्दै उक्त सहकार्य २०२९ सम्म दिने सम्भावना रहेको पनि जनाएको छ ।

बैठकले साफ च्याम्पियनसिप अब होम वा अवे फर्म्याटमा गर्ने विषयमा पनि निर्णय गरेको छ ।यसैगरी बैठकले सन् २०२६ मा पहिलो साफ क्लब प्रतियोगिता गर्ने निर्णय पनि गरेको छ । जसमा दक्षिण एसियाका ८ क्लब समावेश हुनेछन् । आठ टोलीमध्ये एएफसी क्लब वरियतामा शीर्ष स्थानमा रहेको देशले दुईवटा स्थान पाउनेछन् ।

त्यस्तै सन् २०२५ मा महिला प्रतियोगिता पनि गर्ने तयारी छ । सन् २०२६ मा साफ यू-२३ च्याम्पियनसिप गर्ने निर्णय पनि स्वीकृत भएको छ ।

बैठकले स्वीकृत गरेको साफ युवा प्रतियोगिताहरु:

साफ यू-१९ च्याम्पियनसिप, : ८-१८ मे २०२५

साफ यू-२० वुमन्स च्याम्पियनसिप, : ११-२१ जुलाई २०२५

साफ यू-१७ वुमन्स च्याम्पियनसिप, : १४-२४ सेप्टेम्बर २०२५

साफ यू-१७ च्याम्पियनसिप, : १७-२७ अक्टोबर २०२५

Share :
rabi lamichhane

रवि लामिछानेलाई १ करोड धरौटीमा छोड्न आदेश

बुटवल — रास्वपा सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई रूपन्देही अदालतले १ करोड रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ । आइतबार भएको प्रतिवादी वकिलको बहस, जाहेरवाला र सरकारी वकिलको जवाफी बहसपछि जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीले १ करोड रुपैयाँ धरौटी माग गर्ने आदेश गरेका हुन् । बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा संगठित अपराध कसुरमा प्रतिवादी बनाएर[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५