परराष्ट्रमन्त्री खड्का चीन भ्रमण जाँदै

  • नेपाल राष्ट्रिय दैनिक
  • August 5, 2022
narayan khadka

परराष्ट्रमन्त्री नारायण खड्का तीनदिने औपचारिक भ्रमणका लागि मंगलबार चीन जाने भएका छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । मन्त्रालयले श्रावण २४ देखि २६ गतेसम्म परराष्ट्रमन्त्री खड्का चीनको भ्रमणमा रहने उल्लेख गरेको छ।

श्रावण २५ गते सांदोंग प्रान्तको पूर्वी सहर छिङदाओमा दुई मन्त्रीहरूबीच बुधबार प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय छलफलको कार्यक्रम रहेको छ।विदेशमन्त्री वाङ यीले डा. खड्का र प्रतिनिधिमण्डलका सदस्यहरूको सम्मानमा रात्रिभोजको आयोजना समेत गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ भने, २६ गते स्वदेश फिर्तीको कार्यक्रम रहेको छ।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५