गठबन्धन बाहिर जसपा :एमालेसंग चुनावी तालमेल

  • नेपाल राष्ट्रिय दैनिक
  • October 7, 2022
oli and upendra yadav

प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन दलबीच छलफल चलिरहेको बेला जसपाले भने एमालेसँग चुनावी सहमतिको छलफल अगाडी बढाएको छ। गठबन्धनको बैठक छोडेर यतिबेला जसपा अध्यक्ष यादव बालकोट छलफलमा व्यस्त रहेका छन् । गठबन्धनभित्र आफु अनुकुल निर्णय नहुने र सम्मानजनकरुपमा सिट बाँडफाँट नहुने देखेपछि, अघिल्लो साता नै जसपाले सबै दलहरुसँग चुनावी तालमेल गर्नका लागि मार्ग खुला गर्ने निर्णय गरेको थियो।

गठबन्धनमा रहेर मधेसमा १६ सहित २४ सीटको दावी गर्दै आएको जसपाले बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका र एमालेसंग करिब २० देखि २२ सिटसम्म सहकार्य गर्ने गरि चुनावी तालमेलको गृहकार्य अगाडी बढाएको छ।

गठबन्धनबाहिर समानान्तर रुपमा चुनावी तालमेलको रणनीति लिएर अन्य दलसंग छलफल र सहकार्यको मार्ग खुल्ला राखेको जसपाले लोसपासंग पनि सहकार्य गरेर चुनावी तालमेल अगाडी बढाउने बुझिएको छ। अन्तिम समयमा आएर उपेन्द्र यादवले लिएको युटर्नले यतिबेला गठबन्धनका बाँकी दलहरुलाई भने अप्ठेरोमा पारेको देखिन्छ। यता गठबन्धनका नेताहरु यादवलाई फकाउने कसरतमा लागेका छन् भने अर्कोतर्फ यादव आफैँ गठबन्धन बाहिरको समानान्तर सहकार्यमा नयाँ चुनावी तालमेलको रणनीतिमा अघि बढिसकेका छन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५