काठमाडौं : काठमाडौंको गौशालास्थित बागमती होटलमा मृत भेटिएकी सुस्मिता खड्का हत्या प्रकरणका अभियुक्त देवबहादुर थापा मृत भेटिएका छन् ।
हत्यापछि फरार भनिएका थापा गृह जिल्ला ओखलढुंगामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। थापा सुनकोशीको सिस्नेरीस्थित जंगलमा झुन्डिएको अवस्थामा भेटिएका छन्।
पुस १७ गते बुधबार सुस्मिता खड्का काठमाडौंको गौशालास्थित बागमती होटलको ३०८ नम्बरको कोठामा मृत भेटिएकी थिइन्। होटलमा खड्कासँगै थापा पनि बस्न गएको अनुसन्धानबाट खुलेको थियो । हत्या गरेर थापाले कोठामा बाहिरबाट ताल्चा लगाएर फरार भएको प्रारम्भिक अुनसन्धानमा देखिएको प्रहरीले बताएको थियो।
आफ्नो प्रतिक्रिया दिनुहोस्