आगामी निर्वाचनमा उम्मेदवार मनोनयनको जिम्मा सभापति देउवालाई

  • नेपाल राष्ट्रिय दैनिक
  • August 13, 2022
nepali congress central committee meeting 2 1024x624 1

नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उम्मेदवार मनोनयनको औपचारिक पत्र पठाउने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिध सभा र प्रदेश सभाको निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम प्रस्ताव र सिफारिश गर्न केन्द्रीय कार्यालयमार्फत निर्देशन दिने तर मनोनयनको पत्र पठाउने अन्तिम जिम्मा सभापति देउवालाई प्रदान गर्ने निर्णय गरेको छ।

त्यसैगरी,आजको बैठकले निर्वाचनमा भाग लिन पार्टी दर्ता गर्ने प्रक्रियाको जिम्मा कार्यालयका मुख्य सचिव कृष्ण पौडेललाई दिएको छ । बैठकले निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान भदौ १० गतेदेखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय पनि गरेको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५