राष्ट्रपति विद्यादेवी भण्डारीले स्पेन, रुस र डेनमार्कका लागि राजदूत नियुक्त गर्नुभएको छ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले स्पेन, रुस र डेनमार्कका लागि राजदूत नियुक्त गर्नुभएको हो। नव नियुक्त राजदूतहरुमा, स्पेनको लागि शर्मिला पराजुली ढकाल,रुसको लागि मिलनराज तुलाधर र डेनमार्कको लागि प्रा. डा. रामस्वार्थ रायलाई नियुक्त गरिएको छ।
त्यसैगरी,भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मालाई भुटानका लागि गैर आवासीय राजदूतमा नियुक्त गरिएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्