युद्दग्रस्त सुडानबाट कूटनीतिज्ञ र विदेशी नागरिकहरूलाई सुरक्षित निकालियो

  • नेपाल राष्ट्रिय दैनिक
  • ११ बैशाख २०८०, सोमबार ०६:१७
sudan war evacuation

सुडानको राजधानी खार्तुममा भिषण लडाई जारी रहँदा कैयौं देशले कूटनीतिज्ञ र आफ्ना नागरिकलाई बाहिर निकालेका छन्।

संयुक्त राज्य अमेरिका र बेलायतले आफ्ना कूटनीतिज्ञहरूलाई देशबाट बाहिर निकालेका छन्।फ्रान्स, जर्मनी, इटाली र स्पेनले पनि आइतवारदेखि आफ्ना नागरिक र कूटनीतिज्ञहरूलाई देशबाट बाहिर निकालेका छन्।

अमेरिकी अधिकारीहरूले आइतबार बिहान तीन चिनूक हेलिकप्टरबाट करिब १०० व्यक्तिहरूलाई एयरलिफ्ट गरेको र खार्तुममा रहेको अमेरिकी दूतावास बन्द रहेको बताएका छन्।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले पनि आइतवार फ्रान्सेली नागरिक र अन्य केही डच नागरिकहरूलाई लिएर विमान उडेको बताएका छन्। त्यसैगरी क्यानडा,जर्मनी,इटाली र स्पेनले पनि आफ्ना नागरिकहरूलाई सुडानबाट निकालेका छन् ।

यसअघि नै साउदी अरेबिया इजिप्ट, पाकिस्तान र अन्य खाडी देशका नागरिकहरु भने समुद्री र हवाई मार्गबाट बाहिरिएका थिए।

सुडानमा नियमित सेना र शक्तिशाली अर्धसैनिक बल बीचको शक्ति संघर्षले अहिले देशभर हिंसा निम्त्याएको छ। सत्ता संघर्षको कारण राजधानी खार्तुममा भारी बमबारी भएको छ भने , सयौंको मृत्यु र हजारौं घाइते भएका छन्।

Share :
cabinet oli

ओली सरकारको २२ सदस्यीय नयाँ मन्त्रिपरिषद गठन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुले प्रधानमन्त्रीको सपथ लगत्तै पद तथा गोपनियताको शपथ लिएका छन् । ओली सरकारको २२ सदस्यीय नयाँ मन्त्रिपरिषदमा मन्त्रीहरुको कार्यविभाजन यसप्रकार रहेको छ- १‍. केपी शर्मा ओली, प्रधानमन्त्री २. प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास ३. विष्णु पौडेल, उपप्रधान तथा अर्थ ४. पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५