स्थानिय तह निर्वाचनका उम्मेदवारहरुलाई आज निर्वाचन चिन्ह प्रदान गरिने

  • नेपाल राष्ट्रिय दैनिक
  • १७ बैशाख २०७९, शनिबार ०७:३५
nirwachan

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका दल तथा व्यक्तिलाई आज निर्वाचन चिह्न प्रदान गर्दैछ ।

स्थानीय तहको निर्वाचनका लागि आयोगमा दर्ता भएका दलले आ–आफ्नो निर्वाचन चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारलाई निर्वाचन आयोगले नै निर्वाचन चिह्न प्रदान गर्नेछ ।

आयोगले उजुरीमाथि छानबिन गरी शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो । सूचीमा परेका उम्मेदवारहरू मात्र स्थानीय तहको निर्वाचनका लागि योग्य हुनेछन् र उनीहरूले आजै निर्वाचन चिन्ह पाउनेछन्।

मौन अवधि सुरु नभएसम्म उम्मेदवारहरूले आफ्नो चुनाव चिन्ह पाएलगत्तै प्रचार प्रसार गर्न पाउनेछन्।

Share :
rabi lamichhane

सहकारीको रकमबाट पत्नी निकितालाई ४५ लाख भुक्तानी

बुटवल- बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ  । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ । सुप्रिम सहकारीबाट गोर्खा मिडिया[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५