उत्तर कोरियाद्वारा जापानको सागरमा ब्यालेस्टिक मिसाइल प्रहार

  • नेपाल राष्ट्रिय दैनिक
  • May 7, 2022
kim jong un

North Korean leader Kim Jong Un applauds at the 8th Congress of the Workers' Party in Pyongyang, North Korea, in this photo supplied by North Korea's Central News Agency (KCNA) on January 11, 2021. KCNA/via REUTERS ATTENTION EDITORS - THIS IMAGE WAS PROVIDED BY A THIRD PARTY. REUTERS IS UNABLE TO INDEPENDENTLY VERIFY THIS IMAGE. NO THIRD PARTY SALES. SOUTH KOREA OUT. TPX IMAGES OF THE DAY

उत्तर कोरियाले मिसाइल परीक्षण कार्यक्रमलाई तीव्रता दिँदै शनिबार जापानको सागरमा मिसाइल प्रहार गरेको छ।
उत्तर कोरियाले छोटो दूरीको ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफले जनाएको छ। जापानी तटरक्षकले पनि उक्त मिसाइल जापानको पूर्वी सागरमा खसेको पुष्टि गरेको छ। जापानको रक्षा मन्त्रालयले पनि उक्त प्रक्षेपण ब्यालेस्टिक मिसाइल हुन सक्ने बताएको छ । जापानी सार्वजनिक प्रसारक एनएचकेले सरकारी स्रोतलाई उद्धृत गर्दै यो जापानको विशेष आर्थिक क्षेत्र बाहिर आएको जनाएको छ ।

उत्तर कोरियाले प्योङयाङ विरुद्ध कडा नीति लिने वाचा गरेका दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक येओलको शपथग्रहण हुनुभन्दा तीन दिनअघि पनि ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो।

अमेरिकी राष्ट्रपति जो बाइडेनले मे २१ मा दक्षिण कोरियाको भ्रमण गर्ने र नवनिर्वाचित राष्ट्रपतिलाई भेट्ने तालिका सार्वजनिक भएपछिको उत्तर कोरियाको मिसाईल प्रहारलाई उसको चेतावनीको रुपमा विश्लेषण गरिएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५