तोसिमा कार्कीको उम्मेदवारी कायम गर्ने अदालतको अन्तरिम आदेश विरुद्व भ्याकेट निवेदन दर्ता

  • नेपाल राष्ट्रिय दैनिक
  • November 4, 2022
toshima karki

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट ललितपुर-३ मा उमेद्वारी दिएकी तोसिमा कार्कीको उम्मेद्वारी कायम गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै निर्वाचन आयोगले आज सर्वोच्च अदालतमा भ्याकेट निवेदन दर्ता गरेको छ।

लाभको पदमा रहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट ललितपुर-३ मा उमेद्वारी दिएकी तोसिमा कार्कीको उम्मेद्वारी निर्वाचन आयोगले खारेज गरेपछि कार्कीले आयोगको निर्णय विरुद्द सर्वोच्चमा रिट निवेदन दर्ता गरेकी थिइन्। कार्कीको रिट उपर छलफल गर्दै अदालतले कात्तिक १५ गते निर्वाचन आयोगको नाममा कार्कीको उमेद्वारी कायम रहने गरी अन्तरिम आदेश जारी गरेको थियो।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५