बलात्कार मुद्दामा हद म्याद हटाउन माग गर्दै राष्ट्रियसभामा सङ्कल्प प्रस्ताव दर्ता

  • नेपाल राष्ट्रिय दैनिक
  • May 27, 2022
Rastriya Sabha 1631689531

बाल यौन दुर्व्यबहार र बलात्कार सम्बन्धी सजायको उजुरी दिने म्याद हटाउन माग गर्दै राष्ट्रियसभामा सङ्कल्प प्रस्ताव दर्ता भएको छ ।

नेपाली कांग्रेसकी सांसद कमला पन्तले विभिन्न राजनीतिक दल र स्वतन्त्र सांसदको समर्थनमा शुक्रबार संसद सचिवालयमा प्रस्ताव दर्ता गराउनुभएको हो।प्रस्तावमा बालिका बाहेक अन्य विरुद्धको बलात्कारका मुद्दामा पनि उजुरी दिने समय सिमाको व्यवस्थालाई परिमार्जन र पुनर्विचार गर्न पनि आग्रह गरिएको छ ।

समाजमा डर, लोभ वा विभिन्न शारीरिक तथा मानसिक अवस्थाका कारण बालबालिकामाथि हुने यौनजन्य हिंसाका घटना बढ्दै गएकाले कानूनको पुनरावलोकन गर्न प्रस्तावमा उल्लेख गरिएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५