सर्बियाको सार्वभौमसत्ताको उल्लङ्घन गरेको भन्दै संयुक्त राष्ट्रसंघ र पश्चिमा राष्ट्रको निन्दा

  • नेपाल राष्ट्रिय दैनिक
  • September 22, 2022
Serbian President Aleksandar Vucic

न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै, सर्बियाका राष्ट्रपति अलेक्सान्डर भुकिकले सर्बियाको सार्वभौमसत्ताको उल्लङ्घन गरेको भन्दै संयुक्त राष्ट्रसंघ र पश्चिमा राष्ट्रहरूको निन्दा गरेका छन् ।

संयुक्त राष्ट्रसंघ र पश्चिमी देशहरूले कोसोभोको स्वतन्त्रतालाई अनुमोदन गरेको प्रसङ्गमा,युक्रेन र सर्बियाको क्षेत्रीय अखण्डतामा फरक दृष्टिकोण राख्नुको कारणबारे संयुक्त राष्ट्रसंघ र पश्चिमा राष्ट्रहरूले जवाफ दिन असफल भएको उनले बताएका छन् ।

सन् १९९९ मा युगोस्लाभियामा नाटोले गरेको बमबारीलाई उल्लेख गर्दै , सर्बियाको क्षेत्रीय अखण्डताको उल्लङ्घनबारे संयुक्त राष्ट्रसंघ र पश्चिमा राष्ट्रहरूले जवाफ दिनुपर्ने र युक्रेन र सर्बियाको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा के भिन्नता छ भनेर हामीले वर्षौंदेखि सोध्दै आएका प्रश्नको स्पष्ट जवाफ दिनुपर्ने उनले बताएका छन्।

तत्कालीन युगोस्लाभिया विरुद्ध ७८ दिने बमबारी अभियान पछि नाटोले १९९९ मा कोसोभोलाई कब्जा गरेको थियो। पश्चिमी समर्थनमा २००८ मा कोसोभोले आफुलाई स्वतन्त्र घोषणा गरेको थियो जसलाई अमेरिका र उसका अधिकांश सहयोगी राष्ट्रहरूले मान्यता दिएका थिए।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५