गण्डकी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

  • नेपाल राष्ट्रिय दैनिक
  • April 22, 2023
khagaraj adhikari gandaki pradesh

वैशाख ९- पोखरा-गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन्।

मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने सम्बन्धी विषयलाई कार्यसूचीमा राखिदिन पत्र पठाएको र सचिवालयले सोहि अनुसार तयारी गरेको प्रदेशसभा सचिवालय जनाएको छ।

माओवादी केन्द्रले चैत १० गते आफ्नो समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरु फिर्ता बोलाएपछि एमाले नेताअधिकारी अल्पमतमा परेका हुन्।एमाले संसदीय दलका नेता अधिकारी माओवादी केन्द्र र राप्रपाको समर्थनमा गत पुस २५ मा मुख्यमन्त्रीमा नियुक्त भइ पुस २९ मा विश्वासको मत समेत लिएका थिए ।त्यतिबेला उनलाई ३१ सांसदले विश्वाशको मत दिएका थिए।

संवैधानिक व्यवस्था अनुसार सत्ताधारी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेश सभामा विश्वासको मत लिनुपर्छ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र १ स्वतन्त्र सांसद छन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५