तीन तहको कुनै एक चुनावमा पराजित व्यक्ति पाँच वर्षसम्म उम्मेदवार हुन नपाउने

  • नेपाल राष्ट्रिय दैनिक
  • July 3, 2023
nirwachan aayog

असार १८, काठमाडौँ -निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीबाट दुईपटक निर्वाचित भइसकेका व्यक्ति पुन: समानुपातिक प्रणालीबाटै उम्मेदवार हुन नसक्ने र तीन तहका कुनै पनि निर्वाचनमा उम्मेदवार भई पराजित भएका व्यक्ति सम्बन्धित क्षेत्रकै उपनिर्वाचनबाहेक त्यही पाँच वर्षे कार्यकालमा अन्यत्र र अन्य कुनै तहको चुनावमा उम्मेदवार हुन नपाउने कानुनी प्रबन्धको प्रस्ताव गरेको छ ।

निर्वाचन आयोगको बैठकले यी लगायतका अन्य व्यवस्थासहित साविकको निर्वाचनसम्बन्धी कानुनमा परिमार्जन गरी ‘निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ लाई गृह मन्त्रालयमार्फत संसदमा पेस गर्ने निर्णय गरेको छ ।

हालसम्म समानुपातिक प्रणालीमा उम्मेदवार हुनका लागि कुनै सीमा नतोकिएको अवस्थामा जो जतिपटक पनि उम्मेदवार हुनसक्ने प्रावधान रहेकोले एउटै व्यक्तिले पटक-पटक अवसर पाउने अवस्थामा सुधारका लागि आयोगले समानुपातिक निर्वाचन प्रणालीमा यस्तो प्रस्ताव गरेको हो ।

त्यसैगरी,स्थानीय तहमा हारेको व्यक्ति प्रदेश र संघको चुनाव लड्ने र एक ठाँउमा पराजित व्यक्ति अर्को स्थानको उपनिर्वाचनमा चुनाव लड्न जाने प्रवृतिको अन्त्यको लागि आयोगले तीन तहका कुनै पनि निर्वाचनमा उम्मेदवार भई पराजित भएका व्यक्ति सम्बन्धित क्षेत्रकै उपनिर्वाचनबाहेक त्यही पाँच वर्षे कार्यकालमा अन्यत्र र अन्य कुनै तहको चुनावमा उम्मेदवार हुन नपाउने कानुनी प्रबन्धको प्रस्ताव गरेको हो।

https://nepalrastriyadainik.com/%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%af-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%9f%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%9a%e0%a5%81%e0%a4%a8%e0%a4%be%e0%a4%b5-%e0%a4%9a%e0%a4%bf%e0%a4%a8%e0%a5%8d/
Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५