संसदको गतिरोध अन्त्य गर्न गठबन्धनका शिर्ष नेता छलफलमा

  • नेपाल राष्ट्रिय दैनिक
  • August 16, 2023
pm office baluwatar1

काठमाडौँ- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शिर्ष नेताबीच भएको छलफलले सदनको गतिरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी दलसहित संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुसँग संवाद गर्ने निर्णय गरेको छ ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल,कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का,नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूको सहभागीता रहेको थियो।

सुन तस्करी प्रकरणमा सरकारले तस्करहरुको संरक्षण गरेको र अपराधीलाई उन्मुक्ति दिन अनुसन्धानको लागि उच्चस्तरिय छानबिन समिति बनाउन नखोजेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गरेको अवरोधको कारण संघीय संसदको दुवै सदनको बैठक स्थगित गरिको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५