इरानले रुसी रुबलमा व्यापार सुरु गर्ने

  • नेपाल राष्ट्रिय दैनिक
  • ३ श्रावण २०७९, मंगलवार १५:५०
iran russia


विदेशी मुद्रा विनिमय अन्तर्गत इरानले रियाल-रुबलमा व्यापार सुरु गर्ने भएको छ।

इरानको आधिकारिक विदेशी मुद्रा विनिमयले रूसी मुद्रालाई सूचीबद्ध गरेको छ र रुबल-रियाल मुद्रा जोडीमा व्यापार सुरु गर्ने जनाएको छ।

यो सूची राष्ट्रपति पुटिनको तेहरान भ्रमण अघि आएको हो, र इरानको केन्द्रीय बैंकका प्रमुखले यसलाई “इरान र रुसबीचको आर्थिक सम्बन्धको विकासमा महत्वपूर्ण कदम” भनेर वर्णन गरेका छन्।

मस्कोले यसअघि इरानसँगको कारोबारमा अमेरिकी डलरको प्रयोग क्रमशः बन्द गर्ने वाचा गरेको थियो। दुई देशहरू बीचको व्यापार यस वर्षको पहिलो चार महिनामा ३१% ले बढेको छ।
मस्को र तेहरानले ठूलो नयाँ सहयोग सम्झौताको तयारी गरिरहेको बताउंदै क्रेमलिनका प्रेस सेक्रेटरी दिमित्री पेस्कोभले रसिया र इरान विश्वका सबैभन्दा बढी प्रतिबन्धित राष्ट्रहरू मध्ये पर्ने र दुवै राष्ट्र मिलेर अर्थतन्त्रमा अन्तर्राष्ट्रिय प्रतिबन्धको प्रभावलाई कम गर्ने बताएका छन्।

Share :
ChitraBahadurKC

संविधान संसोधन गर्ने भए प्रदेश खारेज गरौँ : चित्र बहादुर केसी

काठमाडौँ: प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले संविधान संसोधन नै गर्ने भए सबैभन्दा पहिले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्। नेपालले प्रदेशको संरचना थेग्न नसक्ने र यसले ढिलो चांडो देशलाई अधोगतितर्फ लैजाने भन्दै संविधान नै संसोधन गर्ने भए सबैभन्दा पहिला प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेका छन्। केन्द्रमा सरकार परिवर्तन हुँदा प्रत्यक पटक प्रदेश सरकार परिवर्तन[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५