बाँसबारी प्रकरणमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय

  • नेपाल राष्ट्रिय दैनिक
  • February 5, 2025
ramesh badaal mahanyayadhiwakta

काठमाडौं – महान्यायाधीवक्ता कार्यालयले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा किर्ते गरेको घटनामा संलग्नहरूलाई मुद्दा नचलाउने निर्णय गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्नहरूलाई ‘मुद्दा चलाउन नपर्ने’ भनी तयार गरेको राय तहगत हुँदै महान्यायाधिवक्ता रमेश बडालले अनुमोदन गरेका हुन् ।

सीआईबीले पेश गरेको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा चलाउन नपर्ने भनी राय तयार गरेको थियो । त्यो फाइल उच्च सरकारी वकिलको कार्यालयबाट अनुमोदन हुँदै महान्यायाधिवक्ता कार्यालयमा पुगेको हो ।

२८ पुसमा महान्यायाधिवक्ता कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महान्यायाधीवक्ता रमेश बडालले राज्यको सम्पत्ति फिर्ता आइसकेको अवस्थामा मुद्दा चलाउनुको कुनै अर्थ नहुने भन्दै उनले त्यस्तो अवस्थामा मुद्दा नचलाई अनुसन्धान टुंग्याउनु उचित हुने बताएका थिए ।

‘राज्य नै पीडित भएका घटनामा सम्पत्ति फिर्ता भएपछि बिगो शुन्य भएका कैयौं उदाहरण छन् । बिगो शून्य भएमा अदालतले नै सफाई दिने गरेको बताएका थिए।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५