नागरिकता विधेयक छलफलका लागि विधायन व्यवस्थापन समितिमा

  • नेपाल राष्ट्रिय दैनिक
  • August 28, 2022
rastriya sabha

पुनर्विचारका लागि राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको नागरिकता विधेयक राष्ट्रियसभाले छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

आज बसेको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकलाई विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनि राख्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

नागरिकता विधेयक अब राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा दफावार छलफल गरेर समितिको प्रतिवेदन सहित पुनः सभामा पेश गरिनेछ ।

राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ गते बस्नेछ।

https://nepalrastriyadainik.com/%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%a4%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a5%87%e0%a4%af%e0%a4%95-%e0%a4%aa%e0%a5%81%e0%a4%a8-%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d/
Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५