अमेरिकी नौसेनाले दुई अमेरिकी युद्धपोत ताइवान स्ट्रेटबाट गुज्रिरहेको घोषणा गरेको छ ।
दुई निर्देशित-मिसाइल क्रूजरहरू स्वतन्त्र र खुला इन्डो-प्यासिफिकका लागि प्रतिबद्ध रहेको र अन्तर्राष्ट्रिय पानीमा नेभिगेसनको स्वतन्त्रता प्रदर्शन गरिरहेको वाशिंगटनले जनाएको छ।
यसैबीच, बेइजिङले उच्च सतर्कता कायम राखेर यस्ता उत्तेजक कारबाहीमा निगरानी भइरहेको र कुनै पनि उक्साहटलाई परास्त गर्न तयार रहेको बताएको छ।
पछिल्लो समय अमेरिकी सभाकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि ताइवान र चीनबीच तनाव बढ्दै गएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्