चीनमा गएको भूकम्पपछि बेपत्ता नागरिकहरुको खोजीमा उद्धारकर्ताहरु

  • नेपाल राष्ट्रिय दैनिक
  • September 6, 2022
earthquake hit china

चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तमा भूकम्पमा परी कम्तीमा ६५ जनाको ज्यान गएको र सयौं नागरिक फसेपछि उद्धार कार्य जारी रहेको छ।

भूकम्पको कारण विभिन्न पहाडी इलाकामा गएको पहिरोको कारण नागरिकहरु पुरिएको र भग्नावशेषहरुमा च्यापिएको हुनसक्ने अनुमान गरिएको छ।

000 32HP6H6

प्राप्त जानकारी अनुसार, भूकम्पपछि २ सय ४३ घर भत्किएका र १३ हजार १० घरमा ​​क्षति पुगेको र ५० हजारभन्दा बढी मानिसलाई स्थानान्तरण गरी आश्रयका लागि टेन्ट खडा गरिएको बताइएको छ।

उद्धारकर्ताहरूले दूरसञ्चार सेवा, बिजुली र पानीको सुबिधा सूचारु गर्नुका साथै प्रभावित नागरिकहरुलाई खाद्यान्न आपूर्ति गर्ने काम गरिरहेका छन्। भूकम्पले धेरै शहरहरूमा विधुत स्टेशन, पानीको श्रोत र सडकहरुमा समेत क्षति पुगेको जनाइएको छ ।

000 32HQ7KK
Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५