८ करोड २५ लाख मतपत्र: १ करोड ७९ लाख ८५ हजार ७० मतदाता

  • नेपाल राष्ट्रिय दैनिक
  • November 4, 2022
nirwachan aayog 2079

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आवश्यक सबै मतपत्र छापिएको निर्वाचन आयोगले बताएको छ ।

निर्वाचन आयोगले २० गतेसम्मको समयसीमा दिएर प्रत्यक्ष निर्वाचन तर्फका मतपत्र छाप्ने जिम्मा जनक शिक्षा सामग्रीलाई दिएकोमा समयसीमा भन्दा दुई दिन अगावै जनक शिक्षा सामग्री केन्द्रले मतपत्र छापेर सकेको हो ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले २२ लाख नमूना मतपत्र सहित करिब ८ करोड २५ लाख मतपत्र छापिएको जानकारी दिनुभएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको करिव ४ करोड मतपत्र भने यसअघि नै छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । यसघि छापिएको मतपत्र कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशमा ढुवानी सम्पन्न भइसकेको र प्रदेश १, मधेस प्रदेश र वागमती प्रदेशमा भने ढुवानी हुन बाँकी रहेको आओगले जनाएको छ।

आयोगको पछिल्लो तथ्यांकअनुसार निर्वाचनमा कुल १ करोड ७९ लाख ८५ हजार ७० जना मतदाता रहेका छन् । आगामी निर्वाचनमा प्रत्येक मतदाताले समानुपातिक तथा प्रत्यक्षतर्फ गरि चार वटा मतपत्रमा भोट हाल्नुपर्ने हुन्छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५