आन्दोलनरत श्रीलंकनहरुको छ वटा मुख्य माग

  • नेपाल राष्ट्रिय दैनिक
  • July 12, 2022
protest in srilanka

आन्दोलनरत श्रीलंकनहरुको प्रतिनिधित्व गर्ने कुनै नेतृत्व संरचना वा एउटै संगठन नभए पनि विद्यार्थी युनियन, वामपन्थी मोर्चा समाजवादी पार्टीको विद्यार्थी संगठन र समाजवादी युवा संघ लगायतले प्रदर्शनमा मुख्य भूमिका निर्वाह गरिरहेका छन्।

अन्तरिम सरकारले आवश्यक सुधार गर्नु पर्छ र नयाँ पुस्ताको लागि आम चुनाव मार्फत आफ्नो भविष्य सुनिश्चित गर्नका लागि मार्ग प्रशस्त गर्नुपर्छ भन्दै उनीहरुले ६ बुंदे माग आघि सारेका छन्।

१. राष्ट्रपति गोताबाया राजपक्षले तत्काल राजीनामा दिनुपर्छ।
२. प्रधानमन्त्री रनिल विक्रमासिंघे र उनको सरकारले पनि तत्काल राजीनामा दिनुपर्छ।
३. एक वर्षको लागि अन्तरिम सरकार बनाउनुपर्छ।
४. जनमत संग्रहबाट एक वर्षभित्र जनताको सार्वभौमसत्तालाई अनुमोदन गर्ने नयाँ संविधान स्थापित गर्ने।
५. नयाँ संविधान नबनेसम्म राष्ट्रपतिको कार्यकारी अधिकार घटाउनुपर्छ र लोकतान्त्रिक संस्था बलियो बनाउनुपर्छ ।
६. उपरोक्त प्रस्तावहरुलाई कार्यान्वयन गर्नु अन्तरिम सरकारको मूल उद्देश्य हुनुपर्छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५