रुसी राष्ट्रपति पुटिनले मार्चमा भएको प्रारम्भिक शान्ति सम्झौताको रूपमा वर्णन गरेका सर्तहरू पूरा गर्न युक्रेनले कुनै इच्छा नदेखाएको बताएका छन्।
इरानको भ्रमणपछि टेलिभिजनमा सम्बोधन गर्दै पुटिनले साउदी अरेबिया र युनाइटेड अरब इमिरेट्सले रुस र युक्रेनबीच मध्यस्थता गर्ने प्रस्ताव राखेको बताएका छन् । यधपी, जेलेन्स्कीसँग सम्भावित भेटको बारेमा सोध्दा, युक्रेन मार्चमा “व्यावहारिक रूपमा प्राप्त” भएको प्रारम्भिक शान्ति सम्झौताका सर्तहरूमा अडिग नभएको उनले बताएका छन्।
उनले भने”अन्तिम नतिजा अवश्य पनि … सम्झौता गर्ने पक्षहरूको सहमतिलाई कार्यान्वयन गर्ने इच्छामा निर्भर गर्दछ। तर किभलाई आज शान्ति सम्झौतामा कुनै इच्छा नभएको देखिन्छ ।”
आफ्नो प्रतिक्रिया दिनुहोस्