अमेरिकी ग्लोबल पब्लिक अफेयर्सकी कार्यवाहक सहायक सचिव काठमाडौंमा

  • नेपाल राष्ट्रिय दैनिक
  • September 28, 2022
36692 nwfk2au9lvp0m9b59bmhd3g8u0i43h1o 7198dc52 5056 a36a 0b9fa6c03629d477

ग्लोबल पब्लिक अफेयर्सकी कार्यवाहक सहायक सचिव एलिजाबेथ केनेडी ट्रुडो काठमाडौं आइपुगेकी छन् ।

सेप्टेम्बर २८ देखि अक्टोबर ९, २०२२ सम्मको उनको १२ दिने अन्तर्राष्ट्रिय भ्रमणमा उनले नेपाल लगायत, संयुक्त अरब इमिरेट्स, उज्वेकिस्तान र किर्गिज गणतन्त्रको पनि भ्रमण गर्नेछिन्।

नेपाल भ्रमणको क्रममा उनले रुस र जनवादी गणतन्त्र चीनद्वारा फ़ैलाइएको गलत सूचना,सामाजिक समानता, मिडिया स्वतन्त्रता र वातावरण लगायतका मुद्दामा अन्तरक्रिया गर्ने बताइएको छ ।

उनले सरकारी अधिकारीहरू र नागरिक समाज संगठनहरू, विदेशी मिडिया आउटलेटहरू, प्रेस, पत्रकारहरू र अमेरिकी कूटनीति नियोगहरुसँग भेट गर्ने पनि बताइएको छ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५