चीन–भारत सीमा विवादमा तेस्रो पक्षको हस्तक्षेप स्वीकार्य नहुने:चीन

  • नेपाल राष्ट्रिय दैनिक
  • August 26, 2022
tan kefei chiina army colonel

चीनको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता कर्नेल तान केफेईले चीन र भारत बिचको सीमा विवादमा तेस्रो पक्षको कुनै पनि प्रकारको बाह्य हस्तक्षेप स्वीकार्य नहुने बताएका छन्।

विवादित चीन-भारत सीमा क्षेत्रमा अमेरिकी र भारतीय सेनाले संयुक्त सैन्य अभ्यास सुरु गरेको घटनाप्रति लक्षित गर्दै चिनियाँ रक्षा मन्त्रालयले सो कदमको विरोध गरेको हो।

भारतीय सञ्चार माध्यमका अनुसार,भारत-अमेरिका संयुक्त विशेष बल अभ्यास को १३ औं संस्करण “पूर्व वज्र प्रहार २०२२ “, हिमाचल प्रदेशको बाक्लोहको विशेष बल प्रशिक्षण स्कूलमा अगस्त ८ देखि सुरु भएको छ र यो करिब २० दिनसम्म चल्नेछ।

त्यसैगरी,दुई देशका सेनाले अक्टोबरको मध्यमा औलीमा १०,००० फिटको उचाइमा पुन:संयुक्त सैन्य अभ्यास गर्ने छन्, जुन विवादित चीन-भारत सीमा क्षेत्रबाट १०० किलोमिटरभन्दा कम दूरीमा रहेको छ।

भारत-अमेरिका संयुक्त सैन्य अभ्यासलाई चीनले नजिकबाट नियालिरहेको जनाएको छ। चीनले सम्बन्धित देशहरू बीचको सैन्य सहयोग विशेष गरी अभ्यास र तालिम गतिविधिहरू तेस्रो पक्षलाई लक्षित नगरी क्षेत्रीय शान्ति र स्थायित्वका लागि उपयुक्त हुनुपर्ने जनाएको छ।

तानले चीन र भारतले सबै तहमा प्रभावकारी सञ्चार कायम राखेको र द्विपक्षीय वार्तामार्फत विवादलाई सही ढंगले समाधान गर्न सहमत भएको टिप्पणी गर्दै,सन् १९९३ र १९९६ मा चीन र भारतबीच भएका सान्दर्भिक सम्झौताको मर्मअनुसार दुवै पक्षले वास्तविक नियन्त्रण रेखा नजिकका क्षेत्रमा एकअर्काविरुद्ध सैन्य अभ्यास गर्न नपाइने उल्लेख गरेका छन् । उनले दुई देशका नेताबीच भएका महत्वपूर्ण सहमतिको कडाइका साथ पालना गर्न, द्विपक्षीय वार्ताबाट सीमा समस्या समाधान गर्ने आफ्नो प्रतिबद्धतालाई सम्मान गर्न र सीमा क्षेत्रमा शान्ति कायम गर्न ठोस कदम चाल्न भारतीय पक्षलाई आग्रह समेत गरेका छन्

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५