नेदरल्यान्ड्सविरुद्ध १५८ रनको लक्ष्य पक्षाउँदै नेपाली टिम मैदानमा

  • नेपाल राष्ट्रिय दैनिक
  • January 30, 2025
nethreralnds cricket in tu stadium against nepali womens team

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय मैदान कीर्तिपुरमा जारी थाइल्यान्ड, नेपाल र नेदरल्यान्ड्स सम्मिलित महिला टी२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध १५८ रनको लक्ष्य पक्षाउँदै नेपाली टिम मैदानमा उत्रिएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १५७ रन जोड्न सफल भएको छ। नेदरल्यान्ड्सको लागि रोबिन रिज्कीले ४८ बलमा ८ चौकासहित ५९ रन , स्टिरी क्यालिसले ३५ बलमा चार चौकासहित २९ रन , आइरिस ज्विलिङले ३१ र हिथर सिजर्सले २३ रन बनाएका छन्। खेलमा नेपालका लागि कविता कुँवर, पूजा महतो, ईश्वरी विष्ट र सीता राना मगरले समान १-१ विकेट लिएका हुन्।

श्रृंखलामा सबै टोलीले एक अर्कासँग ३-३ खेल खेल्ने छन् । नेपालले दोस्रो खेल शनिबार थाइल्याण्डसँग खेल्ने छ । माघ २० मा नेदरल्याण्ड्स, माघ २२ मा थाइल्याण्ड, माघ २३ मा नेदरल्याण्ड्स र माघ २५ मा थाइल्याण्डसँग खेल्ने छ ।

खेलमा फाइनल नहुने भएकाले सबै खेल सकिँदासम्म धेरै खेल जितेर उच्च अंक प्राप्त गर्ने टिम श्रृंखलाको विजेता बन्ने छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५