पशुपतिनाथ मन्दिरमा फोटो खिच्ने भक्तजनलाई जरिवाना

  • नेपाल राष्ट्रिय दैनिक
  • August 27, 2022
Pashupatinath temple 777x437 1

हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनले मुख्य मन्दिर र परिसरको तस्बिर खिचेमा जरिवाना हुने भएको छ । पशुपतिनाथको मुख्य मन्दिरमा तस्विर खिच्न निषेध गरिएको छ ।

निषेधित ठाउँका तस्बिर खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्ने र टिकटक बनाउने चलन बढेपछि यस्तो तयारी गरिएको पशुपति क्षेत्र विकास कोष, संस्कृति संरक्षण महाशाखाले जानकारी दिएको छ । भक्तजनलाई फोटो खिच्न नदिन कोषका कर्मचारीले मुख्य मन्दिर क्षेत्रको अनुगमन गर्ने जनाइएको छ ।

गर्भगृहको तस्बिर खिच्नेलाई २ हजार १ सय, मुख्य मन्दिरको तस्बिर खिचेमा १ हजार १ सय र मुख्य मन्दिर परिसरको तस्बिर खिचेमा ५ सय रुपैयाँ जरिवाना गरिने कोषले जनाएको छ ।

२०७९ भाद्र १४ गते तीजको दिन बिहान ६ बजेपछि पशुपतिनाथ मन्दिरमा पुरूष तीर्थालुलाई प्रवेश निषेध गरिने पनि कोषले जनाएको छ ।

परिसरमा प्रवेश गर्न चार मुख्य प्रवेशद्वार
तीर्थयात्रीलाई सहज बनाउन कोषले नयाँ लाइन प्रणालीको व्यवस्था गर्न लागेको हो । परिसरमा प्रवेश गर्न चारवटा मुख्य प्रवेशद्वार रहने कोषले जनाएको छ ।

१. भक्तजनले तिलगंगा पर्यटक टिकट काउन्टरको राममन्दिर–आर्यघाट क्षेत्रको पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिरमा प्रवेश गर्न सक्नेछन् ।यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता र चप्पल आर्यघाट जाने वाग्मती नदीमाथिका दुई पुल पार गरेपछिको मध्य क्षेत्रमा राख्ने व्यवस्था मिलाइएको छ । यस क्षेत्रमा जुत्ता र चप्पल सुरक्षित राख्न जयवागेश्वरी टोल सुधार समितिले स्वयंसेवकको भूमिका निर्वाह गर्नेछ ।

२. दोस्रो प्रवेशद्वार मित्रपार्क क्षेत्रबाट रहेको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता र चप्पल शंकराचार्य मठ अगाडिको क्षेत्रमा राख्न सकिन्छ । पशुपति क्रिएटिभ युथ क्लबले भक्तजनलाई जुत्ता र चप्पल सुरक्षित राख्न सहयोग गर्ने जिम्मेवारी लिएको छ ।

३. तेस्रो प्रवेशद्वार गौशाला-पिंगलस्थान-पञ्चदेवल क्षेत्रबाट हुनेछ। यस प्रवेशद्वारबाट प्रवेश गर्ने भक्तजनको जुत्ता र चप्पल बज्रघर अगाडि राखिनेछ । यस ठाउँको जुत्ता र चप्पलको व्यवस्थापनको जिम्मेवारी अमर नवकान्तेश्वर युवा क्लबले लिएको छ ।

४. चौथो प्रवेशद्वार गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण खण्डबाट हुनेछ । यस मार्गबाट ​​प्रवेश गर्ने भक्तजनको जुत्ता गुरु मन्दिर अगाडिको खुला ठाउँमा राखिनेछ । यस क्षेत्रमा जुत्ता र चप्पल सुरक्षित राख्ने जिम्मा नवरथ स्काउट समूहले लिएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५