१८ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

  • नेपाल राष्ट्रिय दैनिक
  • July 16, 2023
NEPAL RASTRA BANK1634531623 1

नेपाल राष्ट्र बैंकले परिपक्व अवधि सकिएका १७ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रीका लागि बोलकबोल आह्वान गरेको छ ।

१० अर्ब रुपैयाँको २८ दिने र ७ अर्ब ७० करोड रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिलका लागि सोमबार (साउन १ गते) दिउँसो ३ बजेसम्मको समय तोकेर राष्ट्र बैंकले बोलकबोल गर्न आग्रह गरेको छ ।

चालु आर्थिक वर्षमा नयाँभन्दा परिपक्व अवधि पूरा भएका पुराना ट्रेजरी बिल पुनः बिक्री गरिरहेको सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेकामा गत शुक्रबारसम्म २ खर्ब ५५ अर्ब ९९ करोड ७७ लाख रुपैयाँ उठाइसकेको छ । जसअनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको सरकारले तेस्रो त्रैमासमा थप ८८ अर्ब रुपैयाँ र चौथो त्रैमासमा १ खर्ब ५६ अर्ब रुपैयाँ उठाएको हो ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५