काठमाडौं, चैत १० : इस्लाम धर्मावलम्बीहरुको पवित्र चाड रमजान आजदेखि सुरु भएको छ ।
रमजानको यो समयमा सूर्योदयदेखि सूर्यास्तसम्म खाना र पानी समेत नखाई मुस्लिमहरूले रोजा (उपवास) राख्ने गर्दछन्। रमजानमा बालबालिका र बिरामी बाहेक सबै मुस्लिमहरूले रोजा राख्ने गर्दछन्।
रमजानको पवित्र महिनालाई तीन भागमा विभाजन गरिएको छ, जसमा पहिलो दस दिन बरक्कत भनेर चिनिन्छ, त्यसपछि रहमत – दश दिन प्रेम र हेरचाह – र अन्तिम दस दिनलाई मगफिरात भनिन्छ।
रोजा पालन गर्नेहरूले आफ्नो शरीरलाई शुद्ध राख्छन् र दिनको पाँच पटक नियमित रूपमा पवित्र कुरानको पाठ गर्दछन् । यस पर्वले आत्म-अनुशासन, त्याग र समानुभूति प्रवर्द्धन गर्ने विश्वास गरिन्छ र उदारता र अनिवार्य परोपकारका कार्यहरूलाई प्रोत्साहित गर्दछ भन्ने विश्वाश रहिआएको छ ।
रमजानको अन्त्यमा ईद-उल-फित्र मनाइन्छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्