सेयर बजारमा हरियाली: कारोबार रकम ४ अर्ब माथि

  • नेपाल राष्ट्रिय दैनिक
  • July 25, 2022
Share badyo 1

आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक भएपछी आइतबार ६१.०५ अंकले बढेको सेयर बजार सोमबार ५४.४५ अङ्कले बढेर २१३२. ९६ पुगेको छ।

नेप्से परिसूचक २ . ६२ %ले बढ्दै गर्दा ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ९.०५ अंकले बढेर ४०७.३८ बिन्दुमा पुगेको छ।

नेप्से सूचकसँगै कारोबार रकम पनि बढेर ४,१०६,८१८,९४१ रुपैयाँको सेयर कारोबार भएको छ। सोमबार २१४ कम्पनीको सेयर कारोबार हुँदा ९,९४४,०४८ कित्ता सेयरको खरिद बिक्रि भएको छ। सोमबारको कारोबारमा सम्पूर्ण उप-सूचकांकहरूमा हरियाली छाएको छ भने ७ कम्पनीले सकारात्मक सर्किटमा कारोबार गरेका छन्।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५