सेना र प्रहरीलाई १० दिनभित्र बहाल कर बुझाउन काठमाडौँ महानगरको निर्देशन

  • नेपाल राष्ट्रिय दैनिक
  • September 8, 2022
kathmandu mahanagar ktm metro city board

काठमाडौं महानगरपालिकाले नेपाली सेना,समाज कल्याण परिषद र नेपाल प्रहरीलाई १० दिन भित्र बहाल कर बुझाउन आग्रह गर्दै पत्राचार गरेको छ।

नेपाली सेना ,नेपाल प्रहरी र समाज कल्याण परिषदले आफ्नो कार्यालय मातहतको क्षेत्र बहालमा लगाई बहाल आम्दानि गरेको देखिएकोले सम्बन्धित वडा कार्यालयमा १० दिन भित्र बहाल कर बुझाउन निर्देशन दिएको छ।

महानगरले पटक पटक ताकेता गर्दा पनि हालसम्म बहाल कर नबुझाएकोले, बहाल आम्दानी विवरणसहित लाग्ने जरिवाना र कर बुझाउन निर्देशन गरिएको महानगरको राजस्व विभागले जनाएको छ ।

उल्लेखित अवधिमा पनि कर नबुझाए महानगरपालिकाको राजश्व ऐन, २०७५ बमोजिम कारबाही गरी रकम असुल उपर गर्ने महानगरले जनाएको छ।

mahanagar army polic notice
https://nepalrastriyadainik.com/%e0%a4%98%e0%a4%b0-%e0%a4%a4%e0%a4%a5%e0%a4%be-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%96%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a4%95%e0%a5%8d%e0%a4%b6%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%b8/
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५