टुकुचा खोला मिचेर बनाएको संरचना नभत्काउन अदालतको अन्तरिम आदेश

  • नेपाल राष्ट्रिय दैनिक
  • September 18, 2022
uchcha adaalt patan

उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै, टुकुचा खोला मिचेर बनाएको संरचना नभत्काउन निर्देशन दिएको छ।

प्रेसिडेन्ट ट्राभल्स एन्ड टूर्स प्रालिको तर्फबाट भोलाविक्रम थापा दायर गरेको रिटमा उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारि गरेको हो।न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले टुकुचा खोला मिचेर बनाएको संरचना, कानुनी रित नपुर्‍याइ र उचित क्षतिपूर्ति नदिई नभत्काउन काठमाडौँ महानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको हो।

काठमाडौं महानगरले टुकुचा खोला मिचेर बनाइएको अवैध संरचना हटाउने कार्यलाई केहिदिन यता तीव्रताको साथ अगाडि बढाएको थियो।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५