नागरिकता विधेयक राष्ट्रिय सभाबाट पनि पारित

  • नेपाल राष्ट्रिय दैनिक
  • July 28, 2022
Rastriya Sabha 1631689531

नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ राष्ट्रियसभाबाट पनि पारित भएको छ ।

बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा भएको छलफलपछि राष्ट्रियसभामा उपस्थित सांसदहरुको बहुमतले नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरेको हो ।राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विधेयक बहुमतले पारित भएको घोषणा गर्नुभएको थियो।

राष्ट्रिय सभाबाट पारित नागरिकता विधेयक अब राष्ट्रियसभाले प्रतिनिधिसभामा पठाउनेछ र प्रतिनिधिसभाले राष्ट्रपतिसमक्ष पठाउनेछ ।राष्ट्रपतिले प्रमाणीकरण गरेर राजपत्रमा प्रकाशित भएपछी यो कार्यान्वयनमा आउनेछ।

https://nepalrastriyadainik.com/%e0%a4%a8%e0%a4%be%e0%a4%97%e0%a4%b0%e0%a4%bf%e0%a4%95%e0%a4%a4%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a7%e0%a5%87%e0%a4%af%e0%a4%95%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a4%e0%a4%bf-%e0%a4%b0%e0%a4%be%e0%a4%b7/
Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५