नाजीवाद उन्मूलन गर्ने पुटिनको वाचा

  • नेपाल राष्ट्रिय दैनिक
  • January 27, 2024
president putin

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नाजीवादलाई बढावा दिने आधुनिक शक्तिहरूलाई उन्मुलन गर्ने वाचा गरेका छन्।

लेनिनग्राद क्षेत्रमा नाजी जर्मन सेनाद्वारा मारिएका सोभियत नागरिकहरूको स्मारकको उद्घाटनमा पुटिनले, केही देशहरूले इतिहासलाई पुनर्लेखन गर्न हिटलरवादी विचारधारा र विधिहरूद्वारा आफूलाई स्थापित गर्न खोजेको बताएका छन्।

कीभको शासनले हिटलरका सहयोगीहरूको प्रतिरोध गर्नेहरू विरुद्ध आतंक प्रयोग गर्दै वृद्ध, महिला र बालबालिकाहरूलाई बन्दुक र बारुदको त्रासमा राखेको र रुसी भाषी अल्पसंख्यकहरूप्रतिको व्यवहार विभेदपूर्ण भएको उनले बताएका छन्।

जनवरी २७ मा सोभियत सेनाले लेनिनग्रादको नाजी घेराबन्दी तोडेको स्मरण गर्दै जर्मनीले गरेको सोभियत जनसंख्याको नरसंहारको दाग अझै पनि सम्झनामा रहेको बताएका छन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५