भाई छोरा विदेशमा बेचेर आएको रकमलाई सरकारको उपलब्धी भन्न मिल्दैन:राजेन्द्र लिङ्ग्देन

  • नेपाल राष्ट्रिय दैनिक
  • February 1, 2025
rajendra lingden

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्ग्देनले संघिय संसदको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै भाई छोरा विदेशमा बेचेर देशमा बढेको विदेशी मुद्रा संचितिलाई सरकारको उपलब्धी मान्न नमिल्ने बताएका छन्।

सुरुङ्ग मार्गको ब्रेक थ्रु र सडक अनि बाटोघाटो निर्माण जस्ता विषयलाई आफ्नो उपलब्धि भन्दै खुशी हुने अवस्था नरहेकोले नियमित रुपमा भएगरेका र हुने विकासलाई सरकारले आफ्नो उपलब्धि भन्न नमिल्ने उनले बताएक छन्।

उनले सरकार भ्रष्टाचार गर्न र भ्रष्टाचारीको संरक्षणमा लागेको भन्दै प्रधानमन्त्री कार्यालय अन्तर्गतको केहि निकायले अझै पनि प्रधानमन्त्रीको आडमा व्यापारीलाई तर्साएर पैसा उठाइरहेको आरोप लगाउँदै तपाइले भ्रष्टाचार गर्नुहुन्छ या गर्नुहुन् त्यो मलाई थाहा छैन तर तपाइको वरपरका मानिसहरुले भ्रष्टाचार गरिरहेका छन् भन्दै सरकारले निर्माण व्यावसायीलाई दिने भुक्तानीमा समेत पैसा उठाइरहेको बताएका छन्। सरकारले एन कानुन नै बनाएर भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षण गरिरहेको बताएका छन्। २० प्रतिशत मात्र मुनाफा लिन पाउने नियम खारेज गर्दै सरकारले महंगाई बढाएर व्यापारी पोस्ने काम गरेको समेत उनले बताएका छन्।

रवि लामिछाने गृहमन्त्री हुँदा राज्यव्यवस्था समितिमा आएर उनीमाथि सहकारी ठगीको कुनै मुद्दा,आरोप र प्रमाण छैन भन्ने अनि अहिले ८४ दिनसम्म के आधारमा हिरासतमा राखेको भन्ने प्रश्न गर्दै सत्ताको कुन प्रकारले दुरुपयोग हुन्छ भन्ने कुराको नमुना अहिलेका प्रहरी प्रमुखले देखाएको कारण उनि माथि पनि छानविन हुनुपर्ने उनले बताएका छन्।

अब यो प्रणालीले काम गर्दैन र नगरेको भन्दै अब देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने,अभिभावकीय संस्थाको रुपमा राजालाई राख्नुपर्ने , पूर्ण समानुपत्तिक संसद बनाउनुपर्ने ,प्रदेशको खारेज गर्नुपर्ने र स्थानिय तहलाई दलविहिन बनाउनुपर्ने उनले बताएका छन्।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५