अकुपाइ बालुवाटार: बलात्कारीलाई सजायको माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन

  • नेपाल राष्ट्रिय दैनिक
  • May 20, 2022
rape

सुन्दरी प्रतियोगितामा सहभागी एक किशोरीमाथि भएको यौन हिंसाको दोषीलाई कारवाहीको माग गर्दै प्रधानमन्त्रीको निवास बालुवाटार अगाडि प्रदर्शन भएको छ।

आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा बलात्कृत भएकी युवतीको न्यायका लागि दबाब दिन युवाहरुले ‘अकुपाइ बालुवाटार’को नाममा अभियान चलाएर स्वतः स्फूर्तरुपमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्ना दिएका छन् ।

पीडित युवतीले सामाजिक सञ्जाल मार्फत सौन्दर्य प्रतियोगिताका एक सञ्चालकले आफूलाई लठ्ठिने सामग्री भएको पेय पदार्थ खुवाएर बलात्कार गरेको खुलासा गरेकी थिइन् ।

पीडितको मनोबल कमजोर हुन नदिन र आरोपीलाई सजायको माग गर्दै सुरु भएको प्रदर्शनमा उनीहरुले बलात्कार जस्तो गम्भिर विषयमा रहेको हदम्याद हटाउन पनि माग गरेका छन् ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५