गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा बुद्ध एयर जहाजको टायर पड्किंदा विमानस्थलकाे उडान र अवतरण प्रभावित बनेको छ ।
भैरहवाबाट काठमाडौं आउँदै गरेको बुद्ध एयरको जहाज धावन मार्गमा गुड्ने क्रममा टायर पड्किएको नेपाल नागरिक उड्डयन प्राधिकरण भैरहवा कार्यालय स्रोतले जानकारी दिएको छ ।
७० जना यात्रु बोकेर भैरहवाबाट काठमाडौँका लागि उडान भर्ने क्रममा धावन मार्गमै जहाजको टाएर पड्किएपछि अहिले सो विमानस्थलमा उडान तथा अवतरण अवरुद्ध बनेको छ।
अहिले विमानस्थलमा अवतरण हुने जहाजलाई अरु नै विमानस्थलतर्फ डाइभर्ट गरिएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्