स्थानीय तहको निर्वाचनका लागि आजदेखि ६ दिन विद्यालय बन्द हुने

  • नेपाल राष्ट्रिय दैनिक
  • May 11, 2022
bishow prakash school

अधिकांश सामुदायिक विद्यालयमा मतदान केन्द्र बनाइएको, केही शिक्षक निर्वाचनमा खटाइएको र केहीले जिल्लामा गएर मतदान गर्नुपर्ने भएकाले सरकारले सबै विद्यालयमा ६ दिन बिदा दिने निर्णय गरेको ।

यसअघि शिक्षा तथा मानव श्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन बिदा दिन निर्देशन दिएको थियो । तर शनिबार १४ गते परेको र सरकारले जेठ १ गतेदेखि आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेकोले जेठ १ गते आइतबार पनि बिदा हुनेभएको छ । बुद्ध जयन्ती जेठ २ गते परेकाले सो दिन पनि सार्वजनिक बिदा हुने भएको छ । त्यसैले सरकारले आजबाट ६ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

सरकारी कार्यालयमा भने चुनावको दिन मात्रै बिदा दिइन्छ । सरकारी कर्मचारीहरु निर्वाचनमा खटिएकाले सीमित कर्मचारीले सेवा प्रदान गर्नसक्ने गरि सरकारी कार्यालयहरु भने खुल्ला हुनेछन् ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५