निर्वाचन सुरक्षार्थ नेपाल-भारत सिमा नाका ७२ घण्टा बन्द गरिने

  • नेपाल राष्ट्रिय दैनिक
  • October 21, 2022
nepal india border

मङ्सिर ४ गते हुने निर्वाचनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था मजबुत बनाउन निर्वाचनको समयमा नेपाल-भारत सिमा नाका ७२ घण्टाका लागि बन्द गरिने भएको छ।

नेपाल-भारतको संयुक्त बैठकमा, सुरक्षा निकायका प्रमुख र भारतीय अधिकारीहरू बीच भएको छलफलमा सीमा नाकामा कुनै पनि प्रकारको आपराधिक गतिविधि हुन नदिन आ-आफ्नो क्षेत्रमा सुरक्षा निगरानी बढाउने र निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि सीमा नाका बन्द गर्ने सहमति भएको छ।

साथै, उक्त बैठकमा, सिमा नाकामा हुने गरेको तस्करी, चोरी निकासी लगायत अन्य आपराधिक गतिविधि नियन्त्रण गर्ने कुरामा पनि सहमति भएको छ।

Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५