पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

  • नेपाल राष्ट्रिय दैनिक
  • May 29, 2022
tara air

पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ ।

९ एन अल्फा इको ट्यांगो कल साइन भएको जहाज लेते पाससम्म पुग्दा पोखरा विमानस्थलको टावरसँग सम्पर्कमा रहेको र त्यसपछि एकाएक सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको छ । जहाज सम्पर्कविहीन भएपछि खोजी कार्यको लागि मुस्ताङ र पोखराबाट दुई वटा निजी हेलिकोप्टर प्रयोग गरिएको छ र नेपाली सेनाको हेलिकोप्टरलाई पनि खोजी कार्यमा प्रयोग गर्ने तयारी भइरहेको छ ।

जहाजमा १३ नेपाली, ४ भारतीयसहित २ अन्य देशका नागरिक र चालक दलका ३ जना सदस्य रहेको बताइएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५